अमरेश र रहबर अन्सारी रास्वपामा प्रवेश


काठमाडौँ।

मधेसका चर्चित दुई नेता डा. अमरेशकुमार सिंह र रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। जनकपुरधाममा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मार्फत उनीहरू औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्।

सभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति स्वर्णिम वाग्लेले दुवै नेतालाई पार्टीमा स्वागत गरेका थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सिंह यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यस्तै, रहबर अन्सारी तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट मधेस प्रदेशसभा सदस्य रहेका नेता हुन्।