राजीनामा दिँदै सञ्चारमन्त्री खरेल


काठमाडौँ।

सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका खरेलले आज साँझ साढे ५ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे जानकारी दिने कार्यक्रम रहेको छ।

त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाउने बताइएको छ।

खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट ललितपुर–२ बाट उम्मेदवारी दिने तयारीमा छन्।