टिकट वितरण प्रक्रिया अझै अस्पष्ट, शेखर–गगनसँग सहकार्यको समाचार असत्य


काठमाडौ ।

देशैभरबाट पार्टीका नेता तथा कार्यकर्ताहरू निर्वाचन टिकट माग्दै राजधानी केन्द्रित भएका छन्।

तर टिकट कहाँ बसेर, कसरी र कुन मापदण्डका आधारमा वितरण गरिँदैछ भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

यसैबीच डा. शेखर कोइराला र गगन थापासँग मिलेर अघि बढ्ने भन्ने समाचारहरू सार्वजनिक भए पनि त्यसमा कुनै सत्यता नभएको बताइएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका कुनै पनि सदस्यले आजसम्म डा. शेखर कोइरालासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्क तथा छलफल नगरेको स्पष्ट पारिएको छ।