काठमाडौँ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। जेन–जी आन्दोलनपछि झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन्।
ओली झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पनि आजै झापा जाने तयारीमा छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका बालेनले ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।
हाल जनकपुरमा रहेका बालेन आज साँझ दमक पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।











प्रतिक्रिया