काठमाडौँ।
काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख (एसपी) विष्णुप्रसाद जोशीले साेमबार पदभार ग्रहण गरेका छन् ।
यस अघिका प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् । काठमाडौं महानगरको विपद व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए।
राजनीतिमा लाग्ने भन्दै महानगरका मेयर बालेन्द्र शाह बालेनसँगै प्रमुख पाण्डेले पनि राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले साेमबारदेखि औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन् । प्रमुख जाेशीले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन् ।











प्रतिक्रिया