रामेछापमा एमाले र रास्वपाले उम्मेदवार टुङ्गाए


रामेछाप ।

 आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवार टुङ्गाएका छन् । नेकपा एमालेले केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले डा. कृष्णहरी बुढाथोकीलाई चुनावी मैदानमा उतारेको छ ।

दुवै दलका उम्मेदवार नयाँ तथा ‘फ्रेस’ अनुहारका रूपमा देखिएका छन् । स्थानीय राजनीतिमा फरक पहिचान बनाएका यी उम्मेद्धारले प्रतिस्पर्धालाई रोचक बनाउने अपेक्षा गरिएको छ । एमाले र रास्वपाले उम्मेदवार टुङ्ग्याएसँगै जिल्लाको राजनीतिक गतिविधि थप सक्रिय बनेको छ ।

यता नेपाली कांग्रेस र नेकपा भने हालसम्म आफ्ना उम्मेद्धारको टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार छनोटका विषयमा आन्तरिक छलफल जारी रहेको बताइए पनि औपचारिक निर्णय आउन बाँकी छ ।