काठमाडौँ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। जेन–जी आन्दोलनको समर्थनमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा कात्तिक ९ गते मन्त्री बनेका गुप्ताले आज राजीनामा बुझाएका हुन्।
यद्यपि, उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुन बाँकी रहेको छ। गुप्ताले भने, “राजीनामा बुझाइसकेको छु। आज सार्वजनिक बिदा भएकाले दर्ता हुन सकेन, भोलिसम्ममा स्वीकृत हुने अपेक्षा छ।”
सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भए पनि गुप्ता पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुलेपछि तथा अमेरिका जाने विषयलाई लिएर विवादमा तानिएका थिए। सोही कारण प्रधानमन्त्री कार्की उनीप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ।
आज बिहान मात्रै गुप्ता र रास्वपाका वरिष्ठ नेता बालेन शाह जनकपुर र सिराहामा सँगै देखिएपछि उनको व्यापक आलोचना सुरु भएको थियो। गुप्ता आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिने तयारीमा रहेकाले मनोनयन दर्ताअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्।











प्रतिक्रिया