काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाने भएका छन् । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी आज भद्रपुर जान लागेका हुन्।
बिहान साढे १० बजेको जहाजबाट उनी भद्रपुर विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ। यस पटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबै भन्दा बढी चर्चाको केन्द्रमा रहेको छ । जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
झापा पुगे लगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीको बारेमा जानकारी लिने कार्यक्रम रहेको एमालेले जनाएको छ। उनले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता तथा कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाको बारेमा बुझ्ने भएका हुन् । त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीको बारेमा जानकारी लिने तालिका रहेको छ।
आफ्नै निर्वाचन क्षेत्र झापा-५ को तयारीको बारेमा भने अध्यक्ष ओलीले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने भएका हुन् ।











प्रतिक्रिया