रामेछाप ।
आगमी प्रतिनिधि सभाका लागि नेकपा एमालेले माधव प्रसाद ढुङ्गेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य एवम् रामेछाप इन्चार्ज ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रही अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भइसकेका ढुङ्गेल रामेछापका बौद्धिक र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। ढुङ्गेलसगैँ एमाले बागमती प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री कैलाश प्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशर बुढाथोकी र गीता कार्कीले उम्मेदवारी दाबी गरेका थिए ।











प्रतिक्रिया