बाजुरा।
गौमुल गाउँपालिका वडा नं.२ मल्लोदुगुनको कुहुडा भन्ने ठाउँमा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । आइतबार विहान ६ बजे स्थानीय विष्णु रोकायाको घरमा आगलागी भएको हो ।
आगलागी हुँदा घर जलेर खरानी भएको गौमुला गाउँपालिका वडा न. २का वडाअध्यक्ष देबवहादुर रोकायाले जानकारी दिए । उनका अनुसार घरका सबैजना घाँस काट्न गएको बेला विद्युतकोे तार सर्ट भएर आगलागी भएको हो । बिहानदेखि जनप्रतिनिधि तथा स्थानीय आगो नियन्त्रणमा लागिरहेका थिए । तर आगो तीव्र गतिमा फैलिएपछि नियन्त्रणमा लिन नसक्दा घरसहित घरमा भएको सबै धनमाल जलेर खरानी भएको उनले बताईएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ । वडा वडाअध्यक्ष रोकायाका अनुसार विहानै जनप्रतिनीधिहरु घटनास्थलमा खटिएका र तत्काल वडाबाट राहत उपलब्ध गराउँन तयारी थालिएको बताएका छन् । वडाबाट हुने राहत तत्काल उपलब्ध गर्ने र थप राहतका लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने छौं वडाध्यक्ष रोकायाले भने ।कुंडामाको वस्ती अलि टाढा छ बस्ती घरधुरी एकै ठाउँ टाँसिएका भए त गाउनै जल्थ्यो स्थानीय हिरेन्द्र रोकायाले भने ।
बाजुराका ग्रामीण क्षेत्रमा हाउसवायरिङ्ग गर्दा आवस्यक मापदण्डा नअपनाएरु घरमा सिधा तार तान्ने होल्डर झुण्ड्याउने गर्छन । विद्युतको करेन्ट प्रवाह हुँदा तार तात्नेर तार हल्लिदा प्लसमाईनस टच हुने हुँदा घरमा आगलागी हुनसक्छ नेपाल विद्युत् प्राधिकरण वाजुराका एक कर्मचारीले भने । यता गत कार्तिक महिनादेखि पानी परेको छैन । शुख्खा खडेरीले हिउँदे वाली सुक्न थालेको छ । वनको चरीचरन क्षेत्र सुकेर पराल भएको छ । शुख्खा मौसममा हावाहुरी पनि बढी चलेको छ । यो समयमा बढी आगलागी हुन सक्छ । सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थबाट बच्नु पर्छ । बालबालिकाको हातमा यस्ता प््राज्वलनशील पदार्थ दिनु हुँदैन डिभिजन वनकार्यालय बाजुराका बनरक्षक विश्वराज जैशीले भने ।











प्रतिक्रिया