उदयपुर।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार ३ंः२० बजे भएको सवारी दुर्घटनामा २ जना पुरुषको ज्यान एको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६ —०१ ख ०५०५ नंम्बरको ट्रक आँफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल अधेरी खोलामा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक तथा सहचालकलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा मृत्यु भइसकेको ४ः५० बजे जिल्ला अस्पताल उदयपुरले जानकारी गराएको छ ।
हालसम्म चालक र सहचालकको सनाखत हुन सकेको छैन् । निजहरु दुबैजना पुरुष रहेको र उक्त घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट संगमचोकबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया