जनकपुर पुगे बालेन शाह: विमानस्थलमा समर्थकको भिड, सिसाको ढोका फुट्यो


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

रास्वपा सभापति लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेताहरूलाई स्वागत गर्न विमानस्थलको गेटमा समर्थकहरूको ठूलो भिड लागेको थियो । सो क्रममा एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो ।