काठमाडौँ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन्।
मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनी स्वतः कार्यबाहक प्रमुख बनेकी हुन् ।
उक्त ऐनमा मेयरको पद रिक्त भएमा उपमेयरले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने स्पष्ट व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार डंगोलले महानगरको नेतृत्व सम्हालेकी हुन्। मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्नुअघि औपचारिक रूपमा पदबाट राजीनामा दिएका थिए।











प्रतिक्रिया