यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको तेस्रोसाता हुने सम्भावना भएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको अन्योल कायमै रहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले चैतको तेस्रोसाताबाट परीक्षा तालिका निकाल्ने तयारी गरेको छ ।
स्रोतकाअनुसार बोर्डको क्यालेण्डरमा चैत ७ गते तालिका सार्बजनिक गर्ने कार्यतालिका छ । पर्सि ६ गते बस्ने बोर्डको बैठकले परीक्षा तालिका सार्बजनि गर्नेछ । एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले निर्वाचनको कारण चैतको तेस्रोसाता परीक्षा गर्ने तयारी छ । बोर्डले निर्वाचन मिति सर्ने भए तोकिएकै समयमा परीक्षा गर्नेगरी तयारी थालिएको जनाएको छ । नेपाली काँग्रेसको विवादको कारण केहीदिन निर्वाचन सर्ने सम्भावना छ ।
कहिलेदेखि परीक्षा गर्ने ? सर्ने वा नसर्ने लगायत विषयमा पर्सि ६ गते बस्ने बैठकले निर्णय गर्नेछ । बोर्डका अनुसार यदी निर्वाचनको मिति पर सरेमा केहीदिनमात्र सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । बोर्डले परीक्षाको सम्पुर्ण तयारी पुरा गरिसकेको जनाएको छ । जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रेसमा समानुपातिक तर्फको मतपत्र छपाई भैरहेको कारण परीक्षाको मिति सारिएको हो । मतपत्र र परीक्षाको प्रश्नपत्र छपाई गर्ने मिति एकै समय भएको कारण एसईई परीक्षा सर्ने सम्भावना छ ।
यसैबीच कक्षा १० को परीक्षा सर्ने सम्भावना रहेपछि १२ को परीक्षा भने तोकिएकै मितिमा गर्ने तयारी बोर्डले गरेको छ । बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव पौडेलले अहिले कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।
बोर्डले कक्षा १० को प्रश्नपत्र छपाई गरेर परीक्षा केन्द्रमा पठाउनुपर्ने हुन्छ । भने कक्षा १२ को प्रश्नपत्र करिब आधा घण्टा अघिमात्र अनलाईनबाट पठाउने व्यवस्था छ । एसईईको प्रश्नपत्र छाप्नुपर्ने भएकोले परीक्षा सर्ने सम्भावना भएको हो । एसईई परीक्षा नियन्त्रक अधिकारीले हालसम्म परीक्षा स्थगित गर्ने कि नगर्ने ? भन्ने विषयमा कुनै निर्णय नभएकोले परीक्षाको नियमित काम निरन्तर जारी रहेको बताउनुभयो ।
निर्वाचनकाे मिति सर्ने, मनाेनयनकाे मिति सर्ने जस्ता विषयमा आयाेगमा कुनै निर्णय वा ओपचारिक छलफल भएकाे छैन। अनुमानका भरमा समाचार संप्रेषण नगरदिनुहुन सबैमा अनुराेध छ।











प्रतिक्रिया