काठमाडौँ ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
डा. काफ्ले पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बिमाको दायित्वबापत सरकारले तिर्नुपर्ने रकम समयमै भुक्तानी नहुँदा समस्या चर्किँदै गएको अवस्थामा उनको राजीनामा आएको हो।
सरकारको पर्याप्त सहयोग बिना बिमा कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै उनले यसअघि पनि ध्यानाकर्षण गराउँदै आएका थिए। अस्पतालहरूलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेपछि बोर्डले पटक–पटक सरकारसँग सहयोगको आग्रह गरेको थियो।
भुक्तानी नपाएको भन्दै हाल ठूला सरकारी अस्पतालहरूले धमाधम स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न थालेका छन्।











प्रतिक्रिया