ललितपुर।
कुमारीपार्टी जावलाखेल विकाश संस्थाको पहिलो वार्षिक साधारणसभाले पुष्परत्न शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षत्रयमा प्रकाश खड्गी,अनिल श्रेष्ठ र वीरेन्द्र शाक्य, सचिवमा पुरुषोत्तम शाही र कोषाध्यक्षमा किरण खड्गी रहेका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा शैलेन्द्र शाक्य,कपिल शाही, बुलाल महर्जन र निर्मला खड्गी चयन भएका छन् ।

यस अघि सम्पन्न सभाको उद्घाटन वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गरे । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी उपरीक्षक चक्रराज जोशी, ललितपुर महानगरपालिकाका – ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठको उपस्थिति रहेको थियो।











प्रतिक्रिया