काठमाडौं ।
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई तोकिएको छ।
महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले राजीनामा दिएसँगै रिक्त रहेको पदको जिम्मेवारी जोशीलाई दिइएको हो।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेको पत्रअनुसार उक्त जिम्मेवारी आजैको मितिदेखि लागू हुने गरी तोकिएको जनाइएको छ।











प्रतिक्रिया