काठमाडौं ।
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज पदबाट राजीनामा दिएका हुन् ।
श्रेष्ठ प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि उनले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो । उनी यसअघि २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।











प्रतिक्रिया