लागुऔषध कारोबारीसँग घुस लिएको आरोपमा २ प्रहरी पक्राउ


काठमाडौं ।

काठमाडौंमा लागुऔषध कारोबारीसँग २ लाख रुपैयाँ असुलेको आरोपमा दुई जना प्रहरी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले कानुन विपरीत काम गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताए।

पक्राउ परेका दुवै प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए।