प्रचण्ड र लिङ्देनबीच ओलीको दाउ


काठमाडौँ ।

नेकपा एमालेले शनिबार अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याए पनि केही क्षेत्र खाली राखेको छ। औपचारिक रूपमा चुनावी तालमेल नगर्ने बताएको एमालेले रणनीतिक रूपमा केही क्षेत्रमा उम्मेदवार नछानेर सम्भावित तालमेलको ढोका खुला राखेको देखिन्छ।

एमालेले रुकुम पूर्व, झापा–३, सर्लाही–४, सर्लाही–१ र २ तथा पर्सा–१ र २ मा उम्मेदवार टुंग्याएको छैन। रुकुम पूर्वबाट नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने सम्भावना छ। झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा पनि एमाले मौन छ।

सर्लाही–४ मा यसअघि स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए भने यसपटक उनी रास्वपाबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्। पर्सा–१ र २ मा एमाले र जसपाबीच चुनावी तालमेल हुनसक्ने चर्चा छ। यी सबैले एमालेको रणनीतिक लचकता र सम्भावित गठबन्धनको संकेत गरेको छ।