काठमाडौं ।
राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुर बेदकोटका बोहराको गत पुस ३० गते निधन भएको थियो । २००८ साल जेठ ६ गते जन्मिएका बोहराले २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पाँच वर्ष जेल जीवन बिताएका उनी कञ्चनपुर कांग्रेसका संस्थापक नेता हुन् ।
प्रजातन्त्र स्थापनापछि २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरका सभापति बनेका बोहोराले २०७० सालमा संविधान सभा सदस्यका रूपमा संविधान निर्माणमा समेत योगदान दिएका थिए ।











प्रतिक्रिया