रास्वपाको केन्द्रीय समिति बैठक आज, प्रत्यक्ष उम्मेदवार चयनमा छलफल


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दैछ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्ष उम्मेदवार चयनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्ष उम्मेदवार पेस गर्ने समय तोकेपछि दलहरू उम्मेदवार चयन प्रक्रियामा व्यस्त छन्।