काठमाडौँ ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्य र निजी क्षेत्रको हालको अवस्था बीच ठूलो भिन्नता रहेको बताएका छन्। निजी क्षेत्रले १३ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसके पनि पीपीए (विद्युत् खरिद सम्झौता) रोकिएर र लाइसेन्स प्रक्रियामा अन्योलले ऊर्जा क्षेत्र संकटमा परेको उनले गुनासो गरे।
कार्कीका अनुसार, प्रसारण लाइन अभाव, प्राकृतिक विपद्, ईआईए र वन स्वीकृतिका ढिलाइले आयोजना सम्पन्न भए पनि बिजुली बेच्न समस्या भएको छ। सेयर बजारमा मूल्य घटेको र लगानीकर्ताहरू निराश भएको उनले बताए।
उनले सरकारसँग पीपीए खुला गर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने, प्रसारण लाइन निर्माणमा सहभागी गराउने, आरसीओडी म्याद थप्ने र पेनाल्टी मिनाहा गर्न माग गरे। कार्कीले “१० वर्षभित्र २८ हजार मेगावाटको लक्ष्य पूरा गर्न ऊर्जा मन्त्रालयबाटै ‘एकद्वार प्रणाली’ आवश्यक छ” भनी जोड दिए।











प्रतिक्रिया