काठमाडौँ ।
ठुला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर लेखापरीक्षण गर्न छनोट भएको बङ्गलादेशी लेखापरीक्षक कम्पनीसँग अझै सम्झौता हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले साउन ८ गते हवलदार युनिस एन्ड कम्पनीलाई १० वाणिज्य बैंकको लेखापरीक्षणका लागि छनोट गरे पनि कम्पनी सम्पर्कमा नआएकाले प्रक्रिया ढिलाइ भएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कर्जा सुविधाअन्तर्गत अन्तिम किस्ता प्राप्त गर्न बैंकहरूको कर्जा स्वतन्त्र अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत परीक्षण गर्नुपर्ने सर्त छ । तर सम्झौता नटुंगिँदा लेखापरीक्षण सुरु हुन सकेको छैन । राष्ट्र बैंकका अनुसार सम्झौता भए पनि दशैं–तिहारपछि मात्रै काम सुरु हुने सम्भावना छ र लेखापरीक्षण सम्पन्न हुन ५–६ महिना लाग्न सक्छ ।











प्रतिक्रिया