आजदेखि राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु


काठमाडौँ ।

राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ वानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सञ्चालन हुनेछ।

पहिलो बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र दिवङ्गत कांग्रेस सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संसद् सचिवालयले अधिवेशनका सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते अधिवेशन आह्वान गरेका हुन्।