पश्चिमी वायुको आंशिक प्रभाव, पहाडमा बादल र उच्च भूभागमा हल्का हिमपातको सम्भावना


काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा तुवाँलो देखिएको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहने पूर्वानुमान गरिएको छ।