माघ ४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल


मेष : सतर्क रहनुहोला । प्रतिष्ठामा आघात, राज्यबाट भय, धन हानि हुन सक्छ ।

वृष : खर्च, रोगको भय, काममा बाधा–व्यवधान आउन सक्छ । सजग हुनु बेस ।

मिथुन : तपाईंका लागि समय उत्तम छ । धन प्राप्ति, इज्जत वृद्धि हुने देखिन्छ ।

कर्कट : दिन बलवान् भएकाले लाभ, शत्रु विजय, कार्य सफल, हर्ष, उल्लास होला ।

सिंह : समय अनुकूल नहुँदा पेटजन्य रोगको भय, काममा अवरोध, तनाव हुन सक्छ ।

कन्या : झैझगडा, खानपानबाट पेट गडबड, मानसिक अशान्ति नहोला भन्न सकिन्न ।

तुला : दिन शुभ भएकाले लाभ, कार्य सफल, प्रतिष्ठामा वृद्धि पुरस्कारको सम्भावना छ ।

वृश्चिक : समय अनुकूल देखिँदैन । व्यर्थमा खर्च, नोक्सानी, तनाव, अस्वस्थता हुन सक्छ ।

धनु : शुभ समयले गर्दा आर्थिक लाभ, प्रसन्नता, कोसेली प्राप्तिको सम्भावना छ ।

मकर : सतर्कता अपनाउनुपर्ला । स्वास्थ्य समस्या, निरर्थक खर्च, विवादमा फस्न सकिन्छ ।

कुम्भ : दिन शुभ छ । आम्दानी वृद्धि, मिष्ठान्न भोजन, सुख–सन्तोष, कार्य सफल होला ।

मीन : शारीरिक स्फूर्ति, साथीभाइसँग भेटघाट, हर्षोल्लास, कार्य सफल हुने देखिन्छ ।