ग्रीनल्यान्ड–जहाँ कुनै हरियाली छैन

0
Shares

ग्रीनल्यान्ड संसारकै सबैभन्दा ठूलो द्वीप हो । यहाँ हरियो नामको केही चीज नभएपनि यसको नाम ग्रीनल्यान्ड राखिएको छ । ८० प्रतिशत हिउँले ढाकिएको यस द्वीपमा एउटा रूख पनि छैन । न यहाँ सडक नै छ ।

९८६ ईस्वीमा नर्वेका खोजकर्ता एरिक द रेड यस ठाउँमा पुगेर ग्रीनल्यान्ड नाम राखेका थिए । त्यहाँ एउटै रूख नभए पनि उनले यसको नाम ग्रीनल्यान्ड राखे यानि हरियोभुमि ।

वास्तवमा उनले यो नाम मान्छेहरूलाई आकर्षित गर्न राखेको भनिन्छ । उनले यो पनि भ्रम छरे कि जमीन उब्जाउ छ र धेरै घाँस थियो । यसलाई अहिले भन्नु पर्दा बजारी झुठ ।

यसको बावजुद अहिलेको युगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्ड कब्जा गर्ने मनसायमा रहेको विश्व संचारमाध्यमहरूले समाचार सम्प्रेषण गरिरहेका छन् । यसैले पनि ग्रीनल्यान्डको चर्चा अहिले जताततै भइरहेकोे छ ।

यसबारे केही तथ्यहरू

-भौगोलिक रूपमा उत्तर अमेरिकामा रहेको ग्रीनल्यान्डको क्षेत्रफल २१.६ वर्ग किलोमिटर रहेको छ । यो अमेरिका र युरोपको आर्कटिक र एटलान्टिक महासागरको बीचमा अवस्थित रहेको देश हो ।

-ग्रीनल्यान्डसँग सीधा कुनै छीमेकी देशहरू छैनन् । तर, यो क्यानडाको उत्तरपूर्वमा रहेको छ । यसकोे दक्षिण पूर्वमा आईसल्यान्ड देश रहेको छ । यो राजनीतिक रूपमा डेनमार्कको अधीनमा रहेको एक स्वायत्त देश हो ।

-यसको ८० प्रतिशत भाग हिउँले ढाकिएको छ । बरफले ढाकिएको हुँदा चिसो मौसमको कारण यहाँ जनसंख्या पनि कमै छ । यहाँ लगभग ५५ हजार जति जनसंख्या रहेको हालै एक तथ्यांकले सार्वजनिक गरेको छ । जसमा इनुइट समुदाय ज्यादा रहेको छ ।

-यहाँ सडक नभएको हुँदा एक स्थानबाट अर्को स्थानमा जान हेलिकप्टर र डुंगाको प्रयोग हुन्छ । यसैबाट त्यहाँका नागरिकहरूको जीवन चल्दछ । हिउँ परेको ठाउँमा भने कुकुरहरूले तान्ने स्लेड प्रयोग गरिन्छ ।

-यहाँ गर्मी मौसममा सूर्यास्त कहिल्यै हुँदैन । इलुलिस्सात र कानाक जस्ता क्षेत्रमा साढे तीन महिनासम्म सूर्य दिन–रात आकाशमै देखिन्छ । यो द्वीप आर्कटिक सर्कलको भित्र रहेकोले पृथ्वी २३.५ डिग्री झुक्ने हुँदा नै गर्मीमा सूर्य आकाशमै चम्किरहन्छ ।

-गनब्योर्न फ्येल्ड यहाँको सबैभन्दा उँचाइमा रहेको माउन्टेन हो । यसको उँचाई ३,७९४ मिटर रहेको छ ।

-ग्रीनल्यान्डको जमीनमुनि रेयर अर्थ एलिमेन्ट्स को विशाल भण्डार दबिएको छ । यी खनिजहरू स्मार्टफोन, कम्प्यूटर चिप्स, इलेक्ट्रिक्स कारहरूको ब्याटरी र घातक मिसाइलहरू बनाउनमा प्रयोग गरिन्छ ।

-विश्वका केही साइन्टिस्टहरूले ग्रीनल्यान्डको समुद्रको गहराईमा अर्बौ ब्यारेल कच्चा तेल पाइने र भारी मात्रामा नेचुरल ग्यासँ रहेको दावी गरिरहेका छन् ।