नवलपरासी।
सडक दुर्घटनामा परि ट्रक भित्र च्यापिएका २३ वर्षीय युवककाे प्रहरीले शनिवार उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले बताए अनुसार कावासाेतीबाट चाेरमारा तर्फ जाँदै गरेको म प्र ०३-००१ ख ८४७२ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा पल्टिएको थियो ।
पूर्व पश्चिम महेन्द्र राजमार्गकाे ४० किलाे जंगल नजिक ट्रक पल्टदा सहचालक सन्दीप परियार क्याबिन भित्रै च्यापिएका थिए ।
शनिवार बिहान करिब पाैने ५ बजे राजमार्गबाट झन्डै ४० फिट तल खसेकाे ट्रकले परियारकाे खुट्टा च्यापे पछि प्रहरी,सशस्त्र प्रहरी र स्थानीय समेत मिलेर क्रेनकाे सहायता उद्धार गरिएको हाे ।
झन्डै ४ घण्टा ट्रकमै च्यापिएर रहेका परियारलाई प्रहरीले उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकाे जनाएकाे छ ।
ट्रक चालक देवचुली १६ का ४५ वर्षीय महेन्द्र शाही भने सकुशल रहेको बताइएको छ ।











प्रतिक्रिया