काठमाडौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले दिएको निर्देशन सर्वोच्च अदालतले स्थापित गरेको नजिर र मुलुकी फौजदारी कार्यविधि संहिता विपरीत भएको देखिएको छ।
फौजदारी कार्यविधि संहिताको दफा ११६ अनुसार सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर कसुरमा मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था छ।
साथै, अदालतमा विचाराधीन र प्रारम्भिक आदेश भइसकेका मुद्दामा अभियोग हटाउन थप प्रमाण नदेखाई गरिएको निर्णयले न्यायिक प्रक्रियामाथि प्रश्न उठेको कानुनविद्हरूको भनाइ छ।











प्रतिक्रिया