एमाले सचिवालय बैठकमा प्रतिनिधिसभा उम्मेदवारबारे छलफल


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल भइरहेको छ। जिल्ला र प्रदेश कमिटीबाट केन्द्रमा सिफारिस भएका उम्मेदवारका नाममा पार्टीका शीर्ष नेताहरूबीच छलफल चलिरहेको डा. अधिकारीले बताए।

यही माघ ६ गते उम्मेदवार मनोनयनको म्याद रहेकाले एमालेले आजै उम्मेदवार टुंगो लगाउने तयारीसहित छलफल गरिरहेको जनाइएको छ।