दोलखा ।
मञ्जुश्री संवत् २८६२ औ सोनाम ल्होछारको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा शनिवार शुभकामना आदान– प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रमको शुभारम्भ जिल्ला लामा संघका अध्यक्ष धुक्पा लामाले तमाङ संस्कार अनुसार मन्त्र उच्चाणबाट गरेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै बागमति प्रदेश सरकारका बन तथा बातावरण मन्त्री भरत बहादुर केसीले परम्परागत सांस्कृतिक सम्पदा, भाषा, भेषभुषा तथा रितिरिवाजको जर्गेना आवश्यक भएको बताउनु भयो ।
चरिघ्याङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुङगु लामाको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर, बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ दोलखाका अध्यक्ष जङ्ग गुरुङ, नेपाल तमाङ घेदुङ संघका केन्द्रीय सदस्य संगीता पाख्रिन, नेपाल तमाङ घेदुङ संघ दोलखाका अध्यक्ष टिकाराम तमाङ, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, भीमेश्वर नगरपालिका वडा नम्वर– ६ का वडा अध्यक्ष नविन लामा, पत्रकार उषा तमाङ, छेडुप तमाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको व्यवस्थापन तथा संयोजन चरिघ्याङ टोल सुधार समितिका कुईसाङ लामा र दावा लामाले गर्नु भएको थियो ।
सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, अमिर दोङ, याङ्जी दोङ, सुवास मोक्तान, प्रतिक मोक्तान, सानुबाबु घिसिङ, सुशिल तिदाङ, मिन योञ्जन, कोपिला वाइवा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरू ले गीत तथा नृत्य प्रस्तुति गर्नु भएको कार्यक्रमका संयोजक दावा लामाले बताउनु भयो ।











प्रतिक्रिया