काठमाडौ ।
झापा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उम्मेदवार नबन्ने घोषणा गरेपछि क्षेत्रीय समितिले नयाँ नाम सिफारिस गरेको हो।
क्षेत्रीय सभापति इन्द्र बुढाथोकीका अनुसार सिफारिस हुनेमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्।
शर्मा २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसअघि क्षेत्रीय समितिले उनको एकल नाम सिफारिस गरेको थियो।











प्रतिक्रिया