विराटनगर ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रचण्ड नेतृत्वको पार्टी छाडेको जानकारी दिएका हुन् ।
आचार्यले २७ वर्ष लामो पार्टी यात्रा अन्त्य गर्दै अब स्वतन्त्र नागरिकका रूपमा जीवन अघि बढाउने उल्लेख गरेका छन् ।
निकट स्रोतका अनुसार टिकट वितरणप्रति असन्तुष्टिका कारण उनले पार्टी छाडेको हुन सक्ने बताइएको छ । यद्यपि, आचार्यले यस विषयमा थप प्रतिक्रिया दिन चाहेनन् ।











प्रतिक्रिया