जनमत पार्टीले माघ ५ मा बलिदानी दिवस मनाउने


काठमाडौँ ।

जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले पार्टी मातहतका सबै समितिलाई सर्कुलर जारी गर्दै हरेक जिल्लामा निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी बलिदानी दिवस मनाउन आग्रह गरेका छन् ।

पार्टीले २०६३ साल माघ ५ गते भएको मधेस आन्दोलनको स्मरणमा हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएको छ ।