काठमाडौ ।
पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान समावेशी, समानुपातिक र धर्मनिरपेक्ष विशेषतायुक्त उत्कृष्ट संविधान भएको बताउँदै यसको संरक्षण आवश्यक रहेको बताएका छन्।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा नुवाकोटमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा बोल्दै उनले लोकतन्त्र पुनःस्थापनामा वियोगीको योगदानको प्रशंसा गरे।
साथै उनले सम्पादक समाजले नेपाली समाजलाई उन्नतिको दिशामा अघि बढाउन भूमिका खेल्नुपर्ने धारणा राखे। फरक प्रसङ्गमा उनले नेपाली कांग्रेसको वर्तमान अवस्था दुःखद भएको टिप्पणी गरे।











प्रतिक्रिया