कांग्रेस नेता कनौडिया एमाले प्रवेश


काठमाडौ ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे।

सदस्यता ग्रहण गर्दै कनौडियाले आजदेखि आफू एमालेमा आबद्ध भएको बताएका छन्। कांग्रेसभित्रको आन्तरिक किचलो र क्षेत्र नम्बर ३ मा एमालेबाट टिकट सुनिश्चित भएपछि पार्टी परिवर्तन गरेको उनले जानकारी दिए।

यसअघि कनौडिया लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहिसकेका छन्।