बुटवल ।
नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ निवासी पौडेलले पार्टीमा मौलाउँदै गएको अधिनायकवाद, नातावाद, गुटबन्दी, भ्रष्टाचार र गाली–बेइज्जतीको संस्कृतिसँग असहमत हुँदै एमाले छाडेको बताएका छन्।
जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमार्फत उनले अब स्वतन्त्र रहने घोषणा गरेका छन्। पौडेल एमाले नेता लिला गिरी मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए भने कानुन आयोगका सदस्यसमेत रहेका थिए।
यसअघि उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, एमाले रुपन्देही सचिवालय सदस्य तथा विभिन्न कमिटीमा जिम्मेवारी सम्हालिसकेका थिए। साथै, सरकारी नियुक्तिमा सहयोग पुर्याएको भन्दै उनले पार्टीका शीर्ष नेताहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।











प्रतिक्रिया