काठमाडौँमा एक महिनामा २४१ जना हराए, साइबर ठगीमा वृद्धि


काठमाडौँ ।

काठमाडौँमा पौष महिनामा २४१ जना मानिस हराएका छन् । प्रहरीका अनुसार हराउनेमध्ये ७३ जना महिला, ८१ जना पुरुष, २६ जना बालक र ६१ जना बालिका रहेका छन् । तीमध्ये १४८ जनालाई फेला पारिएको छ ।

उक्त अवधिमा प्रहरी कार्यालयमा १४२३ ठाडो उजुरी दर्ता भएका छन् । प्रहरीले १०५५ उजुरी फछ्र्यौट गरेको छ भने प्रशासन मार्फत आएको २३३ उजुरीमध्ये १२० उजुरी फछ्र्यौट भएका छन् ।

पौष महिनामा काठमाडौँमा ९६२ मुद्दा दर्ता भएका छन् । जसमध्ये जघन्य अपराध ३५, महिला तथा बालबालिका सम्बन्धी २८, र आर्थिक अपराध ४८४ वटा रहेका छन् । पक्राउ पर्नेमा ३३९ जना छन्, जसमा ३०० पुरुष र ३९ महिला छन् ।

साइबर अपराध र ठगीको संख्या बढेको प्रहरीले जनाएको छ । यस अवधिमा १९१ उजुरी साइबर ठगी सम्बन्धमा परेका छन्, जसमा करिब ३ करोड ६६ लाख ८८ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

https://drive.google.com/file/d/1uKmn-qnvz2RicvMZi6THJgCCH9k2XnsM/view?usp=sharing