“टेलिकम ठेक्का विवाद : सञ्चार सचिव अर्याल सरुवा”


काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ। उनको ठाउँमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत सञ्चार मन्त्रालयको सचिवको रूपमा जिम्मेवारी ग्रहण गर्नेछिन्।

सञ्चार मन्त्री जगदीश खरेलका अनुसार सचिव अर्यालको कार्यशैली सुधार नहुने र नेपाल टेलिकमको बिलिङ प्रणालीको टेण्डरमा अस्वाभाविक रुचि देखाइएको कारण सरुवा गरिएको हो। हालैको अध्ययन समितिको प्रतिवेदनले टेलिकमको टेण्डर प्रक्रियामा मिलेमतो भएको र सार्वजनिक खरिद ऐनको उल्लंघन भएको निष्कर्ष निकालेको थियो।

प्रधानमन्त्री कार्यालयका स्रोतले सचिव अर्यालले संस्थागत सुधारमा सक्रियता नदेखाएपछि र स्वार्थ समूहको दबाब हटाउन नसक्दा सरुवा निर्णय भएको जानकारी दिएका छन्।