नेपाली क्रिकेट टोलीलाई ३० लाख प्रदान, नोबेल अस्पतालले दुई वर्ष निःशुल्क उपचारको घोषणा


काठमाडौँ । 

पूर्व सांसद तथा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले नेपाली क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ प्रदान गरेका छन्। यो घोषणा उनले वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखला जितको सम्मानमा सेप्टेम्बरमा गरेका थिए। नेपालले सो शृंखला २–१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो।

विश्वकप खेल्न जाने टोलीको विदाइ कार्यक्रममा शर्माले कप्तान रोहित पौडेललाई चेक हस्तान्तरण गरेका छन् र यदि टोली सुपर एटमा पुगेमा थप २० लाख दिने घोषणा पनि गरेका छन्।

साथै, उनले खेलाडी र उनका परिवारलाई दुई वर्षसम्म निःशुल्क उपचार उपलब्ध गराउने पनि घोषणा गरेका छन्।