काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नयाँ नेतृत्वलाई स्वीकार गरेर अघि बढ्न संस्थापन पक्षका नेताहरुको विकल्प नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले निर्वाचन आयोगले आधिकारिकता दिएको नयाँ नेतृत्वलाई सबैले मिलाएर लैजानुपर्ने बताएका हुन्।
नेता शर्माले पार्टीमा पूर्व संस्थापनका कारण उत्पीडन भएको र त्यसैको परिणाम स्वरूप विशेष महाधिवेशन गरिएको बताए। उनले भने, “अब यसलाई सबैले स्वीकारेर पार्टीलाई मिलाउनुपर्छ। अहिले पार्टी फुटेको छैन र विवाद सकियो।”
उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लैले लड्ने र २६५ क्षेत्रबाट उम्मेदवार खडा गरेर बहुमत ल्याउने दाबी गरे। “अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नेछ,” उनले स्पष्ट पारे।
शर्माले देउवा पक्षले एमालेसँग गठबन्धन नगर्ने र पार्टी विभाजित नभएको पनि उल्लेख गरे।











प्रतिक्रिया