ललितपुर ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मा दिइएको छ। शनिबार सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ ले प्रेरित भएको ठहर गर्दै कानुनी लडाइँ अघि बढाउने निर्णय गरेको छ।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता दिँदै देउवा नेतृत्वको कार्यसमितिलाई अवैध घोषणा गरेको थियो। देउवा पक्षका अनुसार आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधानको विपरीत छ। बैठकले राजनीतिक प्रतिवाद गर्नुका साथै कानुनी उपचार खोज्ने योजना समेत बनाएको छ।











प्रतिक्रिया