काठमाडौँ ।
नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन बैठक बोलाइएको हो।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागिएको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिए।
यसअघि क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।











प्रतिक्रिया