काठमाडौं ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।
७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीलाई पारिवारिक विवादका कारण टाउको र हातमा सनासोले प्रहार गरी घाइते बनाएका थिए।
उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा पम्फाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न गणेशबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।











प्रतिक्रिया