काठमाडौँ ।
नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ। बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी कार्यालय पुगेका छन्।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै नामावलीलाई अन्तिम रूप दिन लागिएको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताए।
पार्टीका क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।











प्रतिक्रिया