महन्थ ठाकुरलाई जिताउन जसपा नेपालले बनायो समिति


काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना संरक्षक महन्थ ठाकुरलाई जिताउन तीन सदस्यीय समिति गठन गरेको छ । माघ ११ गते हुने निर्वाचनमा ठाकुरले मधेस प्रदेशबाट उम्मेदवारी दिएका छन् ।

गठबन्धन दलहरूबीच समन्वय गरी ठाकुरलाई जिताउने उद्देश्यले समिति गठन गरिएको जसपा नेपालले जनाएको छ । समितिमा प्रमेश्वर साह, मोहम्मद खालिद सिद्धिकी र लालकिशोर साह रहेका छन् । ठाकुर मधेस प्रदेशका लागि कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार हुन् ।