काठमाडौँ ।
नेपाली कांग्रेसले पार्टीभित्र एकता, आपसी सद्भाव र सहकार्य कायम गर्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले एकताकै बलमा निर्वाचनसहितका चुनौती सामना गर्न सकिने निष्कर्ष निकालेको हो ।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि देउवा लगायत अग्रज नेताहरूको अभिभावकत्व रहने विश्वास व्यक्त गरिएको छ ।
पार्टी अब पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने र टिकट वितरण संसदीय बोर्डमार्फत अघि बढाइने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । पार्टीले विधान र संविधानअनुसार आधिकारिकता प्राप्त गरिसकेकाले भिन्न मत आवश्यक नरहेको उनको भनाइ छ ।











प्रतिक्रिया