काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाएर आगामी दिनमा अघि बढाइने बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका तिक्तता बिर्सेर पार्टीलाई एकताबद्ध बनाइने बताए ।
निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै अब सबै मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । अग्रज नेतासँगै नयाँ पुस्तालाई जोडेर पार्टी बलियो बनाइने उल्लेख गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका रहने बताए । एक–दुई दिनभित्र सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाइने उनको भनाइ छ ।
फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुंग्याउने समय नजिकिँदै गएको भन्दै उनले सबैको साथ लिएर पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।











प्रतिक्रिया