बडीमालिकामा छतबाट खस्दा वृद्धाको मृत्यु


काठमाडौं । 

बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार ७२ वर्षीया कमला लुहार शुक्रबार साँझ छतबाट खस्नुभएको हो।

छिमेकीहरूले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।